images
images

प्रधानमन्त्री कार्कीले भेटिन् जेनजी आन्दोलनका शहीद परिवार

  • images
  • १६ आश्विन २०८२, बिहीबार १३:४१
images

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन ‘जेनजी’ आन्दोलनका शहीद परिवारलाई भेटेकी छन् ।

बिहीबार प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन्।

साथै, उनले नागार्जुन–३ मा मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीसँग सञ्चारमन्त्री जगदीश खरेल पनि सहिदका परिवार भेट्न पुगेका थिए। गत भदौ २३ र २४ गते जेनजीको नेतृत्वमा भएको आन्दोलनका क्रममा ३ सुरक्षाकर्मीसहित ७६ जनाको मृत्यु भएको छ ।

यस वर्षको दसैँमा जेनजी पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शोकका कारण राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजा कसैले पनि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने सार्वजनिक कार्यक्रम राखेका थिएनन् ।

यस्तो अवस्थामा प्रधानमन्त्री कार्कीले भने दसैँको दिनमा ज्यान गुमाएका जेनजी शहीदका परिवारसँग भेट गरी उनीहरूको शोकमा सहभागी भएकी हुन्।

साभार:नयाँ पेज 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS