images
images

मलेसियन सुपर वुमन सिरिज : सीताको टिमले इन्दुको टिमलाई हरायो

images

८ असोज, काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको मलेसियन सुपर वुमन सिरिजमा सीता रानामगरको कप्तानीमा रहेको सेन्ट्रल सुपर गर्ल्सले इन्दु बर्माको कप्तानीमा रहेको वेस्टर्न वन्डर वुमन टोलीलाई हराएको छ ।

लो स्कोरिङ खेलमा सेन्ट्रलले वेस्टर्न टोलीलाई २४ रनले हराएको हो । सेन्ट्रलले दिएको ६७ रनको लक्ष्य पछ्याएको वेस्टर्न ४२ रनमा अलआउट भयो । अइना नजवाले सर्वाधिक ११ रन बनाइन् ।

नेपाली खेलाडी साबित्री धामीले ५, रचना कुमारी चौधरीले १ रन बनाउँदा कप्तान इन्दु ५ बल खेल्दै शून्यमा आउट भइन् ।

सेन्ट्रलका लागि सोनाम सोनाम र अमलिन सोर्फिनाले ३-३ तथा कप्तान सीताले २ विकेट लिइन् । राजमती ऐरि र रिया शर्माले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट्रलले १७.३ ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो । रियाले ६, कप्तान सीताले ४ र बनाउँदा राजमती शून्यमा आउट भइन् । अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS