images
images

नेपाली महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

images

७ असोज, काठमाडौं । नेपाली महिला फुटबल टोलीले आगामी कात्तिकमा भारत गएर मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ  (एन्फा)  ले विसं २०८२ को अन्त्यसम्मका लागि सार्वजनिक गरेको क्यालेन्डरअनुसार नेपाल र भारतको महिला टोलीका बीचमा सिक्किममा मैत्रीपूर्ण फुटबल खेल हुने भएको हो ।

यसबाहेक महिला टोलीले इन्डोनेसियामा गएर इन्डोनेसिया र चाइनिज ताइपेइसँग त्रिदेशीय मैत्रीपूर्ण फुटबल पनि खेल्नेछ । उक्त सिरिज मंसिर ८ देखि १६ सम्म हुनेछ ।

एन्फाले साधारण सभाबाट पारित क्यालेन्डरमा हरेक फिफा विन्डोमा २(२ खेल खेल्ने गरी समावेश गरेको थियो । तर अक्टोबर विन्डोमा १ खेल मात्र खेल्ने भएको छ ।

त्यस्तै काठमाडौंको दशरथ रंगशालामा आउँदो पुसमा हुने साफ महिला क्लब च्याम्पियनसिप पनि हुनेछ । एन्फा महिला च्याम्पियनसिप पुस ११ देखि २२ सम्म च्यासल रंगशालामा हुने जनाइएको छ ।

सहिद स्मारक महिला लिग र महिला सुपर लिग समेत क्यालेन्डरमा समावेश छन्।

पुरुषतर्फ एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले भियतनाम, मलेसिया र लाओससँग खेल्ने तय छ।

यसैबीच, एन्फा प्रेसिडेन्ट लिग कात्तिक १६ देखि मंसिर ६ सम्म काठमाडौंबाहिर सञ्चालन हुने जनाइएको छ । एन्फा यू–१६ युथ लिग कात्तिक १७ देखि सुचारु हुनेछ । ललित मेमोरियल यू–१८ युथ लिग मंसिर २९ देखि सुरु हुनेछ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस ९ देखि सुरु भएर २०८३ को असारसम्म चल्नेछ ।

यस्तो छ क्यालेन्डर :

  • अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS