images
images

आयो नेपाली क्रिकेट खेलाडीको भिसा, सोमबार यूएई प्रस्थान गर्ने

images

५ असोज, काठमाडौं । वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृंखला खेल्न यूएई जाने नेपाल राष्ट्रिय क्रिकेट खेलाडीको भिसा आएको छ ।

नेपाल क्रिकेट संघ  (क्यान)ले आइतबार विज्ञप्ति जारी गरेर खेलाडीको भिसा प्राप्त भएको जानकारी गराएको हो ।

क्यानका अनुसार नेपाली टोली असोज ६ गते (सोमबार) युएई प्रस्थान गर्नेछ।

शुक्रबार नै यूएई प्रस्थान गर्ने तय भएपनि भिसा प्राप्त हुन ढिलाइ हुँदा नेपाली टोली जान पाएको थिएन ।

यूएई जाने नेपाली टोलीको बिहीबार नै बिदाइ गरिएको थियो । अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS