images
images

सुशीला कार्की आजै प्रधानमन्त्री नियुक्त हुने

  • images
  • २७ भाद्र २०८२, शुक्रबार १४:५१
images

काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्तिको तयारी गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आजै मन्त्रिपरिषद् गठन हुने बताए।

“आमसहमतिको आधारमा सम्माननीय राष्ट्रपतिले पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै हुनुहुन्छ र उहाँको शपथ आजै नौ बजे हुनेछ,” पोखरेलले बीबीसीसँग भने।

“त्यसपछि बन्ने मन्त्रिपरिषद्को बैठकको परामर्शमा सम्माननीय राष्ट्रपतिले बाँकी काम अघि बढाउनुहुन्छ।”

राष्ट्रपतिले आजै संसद् विघटनको तयारी गरेका छन्।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS