images
images

लुटिएको हतियार र पोशाक फिर्ता बुझाउन प्रहरीको आग्रह

  • images
  • २६ भाद्र २०८२, बिहीबार ०९:१३
images

काठमाडौं।  नेपाल प्रहरीले जेनजीले गरेको प्रदर्शनका क्रममा नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, पोशाक र सवारी सवारी साधन फिर्ता गर्न आग्रह गरेको छ। प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै २३ गतेदेखि २५ गते सम्म भएको प्रदर्शनको क्रममा लुटिएको सामानहरु फिर्ता गर्न आग्रह गरेको हो ।

‘यही मिति २०८२ साल भाद्र २३९ २५ गते भएको प्रदर्शनका क्रममा नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पार्नुभएको छ भने उक्त हातहतियार लगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा टोल फ्रि नं। १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं। ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन हुन अनुरोध गरिएको छ,’ प्रहरीले विज्ञप्ति जारेर भनेको छ।

त्यस्तै प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएको प्रहरीको पोशाक दुरुपयोग नगर्न र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई प्रहरीले अनुरोध गरेको छ।

May be an illustration of text

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS