images
images

कार्यालय छाडेका प्रहरीलाई तत्काल सम्पर्क गर्न हेडक्वार्टरको सर्कुलर

  • images
  • २६ भाद्र २०८२, बिहीबार ०३:०१
images

काठमाडौँ । जेनजीको प्रदर्शन चर्किएसँगै कार्यालय छाडेर हिँडेका प्रहरीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ । मंगलबार प्रदर्शनकारीहरूले काठमाडौँ उपत्यकाका दर्जन बढी कार्यालयमा आगजनी गरेका थिए । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरी कर्मचारीहरू कार्यालय र हतियार छाडेर सुरक्षित स्थानतर्फ गएका थिए ।

कार्यालय छाडेर हिँडेकाहरूलाई प्रधान कार्यालयले सम्पर्कमा आउन सर्कुलर गर्दै भनेको छ, ‘सम्पूर्ण प्रहरी कार्यालयहरूमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरू आ–आफ्नो कार्यालयमा तुरुन्त सम्पर्कमा जानुहुन निर्देशानुसार अनुरोध गरिएको छ ।’

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS