images
images

गण्डकी प्रदेशसभाका सचिव पोखरेलको बिदाइ

images

पोखरा । गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलको कार्यकाल सकिएको छ । उनले आफ्नो पाँच वर्षे कार्यकाल सम्पन्न गरी बुधबार अवकास लिएका हुन् । पोखरेललाई बुधबार प्रदेशसभामा आयोजित एक कार्यक्रमका बिच बिदाइ गरिएको हो ।

उनी २०७७ भदौ १९ गते प्रदेशसभा सचिवमा नियुक्त भएका थिए । पोखरेलले आफ्नो कार्यकालमा वित्तीय अनुशासनको उत्कृष्ट नमुना प्रस्तुत गरेको दाबी गरे ।

बिदाइ कार्यक्रममा सभामुख कृष्णप्रसाद धितालले सचिव पोखरेलको योगदानको प्रशंसा गर्दै भविष्यमा पनि उनको अनुभव र सुझावबाट प्रदेशसभा लाभान्वित हुने विश्वास व्यक्त गरे ।

उपसभामुख बिनाकुमारी थापाले पोखरेललाई शुभकामना दिँदै उनको भूमिका सराहनीय रहेको बताइन् र आगामी यात्राको निरन्तर सफलताको कामना गरिन् ।

योसँगै प्रदेशसभामा नयाँ सचिव नियुक्ति गर्नुपर्ने भएको छ । यसको प्रक्रिया केही समयमै सुरु हुने सभामुख धितालले बताए ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS