images
images

तनहुँमा पहिलो पटक इलेक्ट्रोनिक मेडिकल रेकर्ड संचालन

  • images
  • १० भाद्र २०८२, मंगलवार १२:१५
images

ढुलेगौंडा,तनहुँ

सुशील लामगादे बि.क.

स्वास्थ्य तथा जनस‌ङ्ख्या मन्त्री प्रदीप पौडेलले मंग्लवार तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको शुभारम्भ गरेका छन् ।

अस्पतालमा मङ्गलबार आयोजित विशेष कार्यक्रमका बीच मन्त्री पौडेलले उक्त प्रणालीको शुभारम्भ गरेका हुन् । विश्व स्वास्थ्य सङ्गठन (WHO)को प्राविधिक सहयोगमा अस्पतालमा उक्त प्रणाली सुरु गरिएको हो। अस्पतालमा गत जेठ १४ गते उक्त प्रणालीको अभ्यास गरिएको थियो । त्यस क्रममा मन्त्री पौडेलले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको तीन सय क्षमताको अस्पताल भवन निर्माणका लागि सम्झौता हुने बताए ।

अस्पताललाई तीन सय शय्या क्षमतामा विस्तार गरिने र त्यसका लागि भारत सरकारसँग सम्झौता हुने उनले बताए । अस्पतालको स्तरोन्नतिका लागि यसअघि नै भारत सरकारले सहमति जनाइ‌सकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा यससम्बन्धमा सम्झौता भएर निर्माणको प्रक्रिया सुरु हुने मन्त्री पौडेलले बताए ।

मन्त्री पौडेलले भने, “अस्पतालको डिपिआर अनुसार रु छ सय करोडको लागत स्वीकृत भएर भारतको स्वास्थ्य मन्त्रालयमा गइसकेको छ । हामीले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छौ।” मन्त्री पौडेलले अस्पताल स्तरोन्नतिको प्रक्रिया लाग्ने भएकाले त्यसअवधिसम्म जनरल हस्पिटल राम्रोसँग चलाउनुपर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जितप्प्रकाश आले र श्यामराजा महतले जिपी कोइराला अस्पताल तनहुँको मात्रै नभई राष्ट्रकै गौरव रहेको बताए । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा. राजेश साम्बाजिराब पाण्डवले विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको बताए ।

विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा अस्पतालमा उक्त प्रणालीको गत जेठ १४ गते अभ्यास गरिएको थियो। अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले यो प्रणाली सुरु भएसँगै टिकटिङ, बिलिङ, रिपोर्ट, औषधि लगायतको विवरण अनलाइन प्रणालीमार्फत् जानकारी लिन सहज हुने बताए । उनले भने, “यसले अब बिरामीको विगतदेखि वर्तमानसम्मका सबै विवरण सजिलै हेर्न सकिनेछ । एक्सरे रिपोर्ट प्रिन्ट गर्नुपर्दैन। एक्सरे र प्रयोगशालाको रिपोर्ट सिधै चिकित्सकले हेर्न सहज हुनेछ ।” यो प्रणाली सुरु भएसँगै टिकट काउण्टर, ल्यावमा कामको भार धेरै नै कम भएको उनको भनाइ छ। यस प्रणालीबाट बिरामीको उपचारमा कम त्रुटी हुने र स्वास्थ्यकर्मीको समय कागजी कामभन्दा उपचारमा बढि केन्द्रित हुने, नीति योजना र अनुसन्धानमा मद्धत पुग्ने विश्वास गरिएको डा. श्रेष्ठले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS