तनहुँ, भदौ ६ – तनहुँ भानु नगरपालिका–२ पाउतुरे खोलाको पुल नजिक आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय भानुका अनुसार तुरतुरेतर्फबाट डुम्रे आउँदै गरेको लु ३८ प ४२८२ नं.को मोटरसाइकल अनियन्त्रित भई पुलको सिमेन्टको पर्खाल नाघी करिब २० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते हुनेहरू गोरखा, पालुङटार–४ का मोटरसाइकल चालक अर्जुन बहादुर अछामी, जसको बायाँ खुट्टा र बायाँ आँखामा चोट लागेको छ । पछाडि सल्यान, दार्मा–६ मा बस्ने जसको दायाँ खुट्टा र बायाँ आँखामा चोट लागेको छ । दुर्घटनापछि प्रहरी टोलीले दुबै घाइतेलाई उद्धार गरी उपचारका लागि लक्ष्मी अस्पताल डुम्रे पुर्याएको थियो। चालक अछामीलाई थप उपचारका लागि पोखरास्थित फेवासिटी अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त मोटरसाइकल अहिले प्रहरी चौकी भन्सारको नियन्त्रणमा राखिएको छ।
















