images
images

आँबुखैरेनीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना हुने

  • images
  • २ भाद्र २०८२, सोमबार १०:३५
images

दमौली,तनहुँ, आँबुखैरेनी गाउँपालिकाको महत्वपूर्ण धार्मिक स्थल छिम्केश्वरी बुढी देवी मन्दिरलाई बृहत्तर तीर्थस्थलका रूपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। महायज्ञको आयोजना २०८२  असोज १८ गतेदेखि २५ गतेसम्म आँबुखैरेनी हाटबजार सथलमा गर्न लागिएको गाउँ पालिका अध्यक्ष शुक्र चुमानले बताए ।

धार्मिक अनुष्ठानमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दबाट श्रीमद्भागवत कथा वाचन हुने मुल समारोह समिति संयोजक कृष्णमानम तमाङले बताए ।हायज्ञमा भक्तजनहरूले धार्मिक प्रवचन, भजन-कीर्तन, विधिविधान तथा प्रसाद ग्रहणमार्फत आध्यात्मिक लाभ लिन सक्नेछन्।

महायज्ञको मूल उद्देश्य छिम्केश्वरी र बुढी देवी मन्दिरलाई व्यवस्थित र आकर्षक धार्मिक स्थलका रूपमा विकास गर्दै स्थानीय पर्यटन प्रवर्द्धन गर्न रहेको गाउँ पालिका अध्यक्ष चुमानले बताए ।

आयोजक श्री छिम्केश्वरी बुढी देवी मन्दिर क्षेत्र विकास समिति र आँबुखैरेनी गाउँपालिकाले सम्पूर्ण भक्तजनहरूलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS