images
images

बन्दीपुर गाउँपालिकामा निःशुल्क तथा अनिवार्य शिक्षा लागु, आधारभूत तहसम्म कुनै पनि शुल्क लिन नपाइने

images

बन्दीपुर (तनहुँ) श्रावण २९ : तनहुँको बन्दीपुर गाउँपालिका स्थित सामुदायिक विद्यालयहरूमा आधारभूत तहसम्मको शिक्षामा निःशुल्क तथा अनिवार्य शिक्षा प्रणाली लागू गरेको छ।

आधारभूत तहसम्म कुनै पनि विद्यालयले कुनै पनि बहानामा कुनै पनि शुल्क लिन नपाइने नियम लागू गरेको हो। नेपाल सरकारको संविधान २०७२ मा व्यवस्थामा भए अनुसार यसअघि नै यो प्रणाली लागू गरेपनि कतिपय विद्यालयहरूले अनेक बहानामा विद्यार्थीहरूसँग शुल्क असुल्दै आइरहेका छन्।

यसैगरी शिक्षा ऐन तथा नियमावलीमा सञ्चालित विद्यालयहरूमा सोही तह अनुसारको स्थायी प्रधानाध्यापक व्यवस्थापन गर्नुपर्नेमा यस अघि अस्थायी राहत करार तथा निजी शिक्षकलाई बनाइएकोमा नियमानुसार प्रधानाध्यापक नियुक्ति गर्ने प्रक्रिया ऐन बनेपश्चात यसलाई कार्यान्वयन सुरु गरिएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भीम प्रसाद लामिछाने बताए ।
प्रधानाध्यापक व्यवस्थापन गर्ने तहगत रूपमा स्थायी हुनुपर्नेमा यसभन्दा अगाडि नियम विपरीत रूपमा नियुक्ति हुँदै आइरहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS