बन्दीपुर, २७ साउन ।बन्दीपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले गरे इन्धनमा मनपरी खर्च गरेको भेटिएको हो । बन्दिपुरका अध्यक्ष– उपाध्यक्षले तोकिएको मापदण्डभन्दा धेरै इन्धन प्रयोग गर्दै वार्षिक रूपमा लाखौं रुपैयाँ खर्च गरेको तथ्य सार्वजनिक भएको हाृ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन २०८२ अनुसार पालिकाका प्रमुख पदाधिकारीहरूले झण्डै चार गुणासम्म बढी इन्धन सुविधा लिएको उल्लेख किछान गरेको छ ।
गाउँपालिका, नगरसभा तथा जिल्ला समन्वय समिति सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७४ अनुसार गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले वार्षिक १०८० लिटर इन्धन पाउने व्यवस्था छ। तर, बन्दीपुर गाउँपालिकामा उक्त कानुनी सीमा उल्लंघन गर्दै अधिक बढी सुविधा लिएका हुन् ।
लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा अध्यक्ष सुरेन्द्र बहादुर थापाले ३८६४ लिटर इन्धन खर्च गरेका छन्। मापदण्डअनुसार उनले वार्षिक १०८० लिटर मात्र पाउने भए पनि उनले त्यसको झण्डै चार गुणा बढी इन्धन उपभोग गरेका हुन्। त्यस्तै, उपाध्यक्ष पञ्चमाया गुरुङले पनि निर्धारित १०८० लिटरको सट्टा २८३० लिटर इन्धन खर्च गरेकी छन्, जुन मापदण्डभन्दा करिब ढाई गुणा बढी हो। उक्त इन्धन खर्चको मूल्याङ्कन गर्दा आर्थिक वर्ष २०८०/८१ मा इन्धन शीर्षकमा मात्रै रु ६,९६,६५२ खर्च भएको देखिएको छ। यति धेरै खर्च हुनुका पछाडि स्पष्ट कारण नखुलाइएको र मापदण्ड उल्लंघन भएको लेखा परीक्षणमा औंल्याइएको छ। तनहुँका केही पनिलका इन्धनमा मनपरी गरेको भेटिएको हो । प्रतिवेदनमा अझ भनिएको छ कि गाउँपालिकासँग हाल चार वटा मात्र सवारी साधन रहेको अवस्थामा यति धेरै इन्धन खर्च हुनु औचित्यहीन देखिन्छ। यो खर्च पालिकाको बजेट र स्रोत–साधनको दुरुपयोगको जस्तो देखिएको छ।
लेखापरीक्षण टोलीले इन्धन सुविधा वितरणमा प्रस्ट मापदण्ड कायम गरी त्यसको पालना सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै, यस्ता अनियमितता दोहोरिन नदिन संस्थागत सुधारको पनि सुझाव दिएको छ। यस विषयमा हालसम्म गाउँपालिका अध्यक्ष वा उपाध्यक्षबाट कुनै पनि प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।
















