images
images

बिहेमा वृद्धको हत्या गरी फरार बाजिन्द्र २३ वर्षपछि पक्राउ

images

स्याङ्जा । २३ वर्षअघि घटेको कर्तव्य ज्यान घटनामा संलग्न भई लामो समयदेखि फरार रहेका दोषीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, २०५० साल फागुन मा तत्कालीन स्याङ्जा जिल्लाको रत्नपुर गा.वि.स.–२, धुर्कोट (हाल चापाकोट नगरपालिका–२)  मा आयोजित विवाह समारोहका क्रममा स्थानीय ६० वर्षीय हस्ते विकमाथि कुटपिट भएको थियो। उपचारको क्रममा उनको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

सो घटनामा संलग्न रहेका ४६ वर्षीय बाजिन्द्र बहादुर सोतीमगरलाई सर्वोच्च अदालतले २०५९ साल असोज ७ गतेको फैसलामार्फत २ वर्ष कैद सजाय तोकेको थियो। तर उनी फैसला पछि फरार भएका थिए।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको अपरेसन टोलीले उनलाई कास्की जिल्लाको पोखरा महानगरपालिका–१७, तल्लो बिरौटा टोलबाट मंगलबार गते पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार पक्राउ परेका सोतीमगरलाई अब स्याङ्जा जिल्ला अदालतमा पेस गरी कैद भुक्तानको प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS