images
images

तनहुँमा ८१.६७ प्रतिशत धान रोपाइँ सम्पन्न , गण्डकीमा ७९.२८ प्रतिशत

  • images
  • ७ श्रावण २०८२, मंगलवार ०८:२८
images

दमौली,तनहुँ

तनहुँमा  यस बर्ष ८१. ६७ प्रतिसत रोपाई  सपन्न भएको छ । कृषि ज्ञान केन्द्र तनहुँले दिएको जानकारी अनुसार  तनहुँका विभिन्न्न भुुभागमा ८१. ६७ो प्रतिसत धान रोपाई भएको हो ।  तनहुँमा बिशेष गरेर असार दोश्रो हप्ता देखि  र साउन दोश्रो हप्ता सम्म धान रोपाई हुने गर्दछ  ।  तनहुँका १० वटै पालिकका विभिन्न भुभागमा धान खेती हुने  कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख गोपाल प्रसाद शर्माले बताए ।

 तनहुँमा करिब ८ हजार ७ सय २० हेक्टरमा धान खेती हुने गरेको  छ । त्यो मध्ये यो बर्ष  ७१ सय २२ हेक्टरमा धान रोपाई सकिएको ज्ञानकेन्द्रका प्रमुख शर्माले बताए ।  तनहुँमा बिशेष गरेर रामधान,सावीत्री,सवा मनसुली  र हाईविड धान रोप्ने चलन रहेको कृषि ज्ञानकेन्द्र तनहुँका सुचना अधिकारी परियारले  बताए ।  तनहुँकाको बिशेष गरेर भानु,म्याग्दे  र व्यास नगरपालिकामा धानखेती बण्ी हुने गरेको छ ।  यसवर्ष अहिलेसम्म देशभर ७२ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सामान्यतस्जेठ अन्तिमदेखि धान रोपाइँ सुरु हुनेगरेकोमा साउन ४ गतेसम्म सात प्रदेशको पछिल्लो तथ्याकं अनुसार ७२ दशमलब १४ प्रतिशत मात्र रोपाइँ भएको हो ।

जबकी गत वर्ष यही अवधिसम्म देशभर ८४ दशमलब ६ प्रतिशत भूभागमा भइसकेको धान भएको कृषि तथा पशुपंछी मन्त्रालय अन्तर्गतको कृषि विभागको तथ्याकंले देखाउँछ ।  सबभन्दा बढी धान खेती हुने मधेश प्रदेशमा आइतबारसम्म जम्मा ४६ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेतीयोग्य भूभाग छ । जसमा हालसम्म १ लाख ७४ हजार ५ सय ८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ ।

लुम्बिनीको ३ लाख २ हजार ९ सय ३९ हेक्टरमध्ये २ लाख ६६ हजार ३ सय ६९ हेक्टरमा रोपाइँ भएको छ ।

यस्तै कोशी प्रदेशमा ६१ दशमलब ७९ प्रतिशत, बाग्मतीमा ८७ दशमलब १९ प्रतिशत, गण्डकीमा ७९ दशमलब २८ प्रतिशत र लुम्बिनी र कर्णालीमा समान ८७ दशमलब ९३ प्रतिशत रोपाइँ भएको छ ।

मधेशपछि धान खेती कोशी प्रदेशमा हुन्छ । कोशीको कूल २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये साउन ४ गतेसम्म १ लाख ७० हजार ७९० हेक्टरमा मात्र रोपाइँ भएको छ ।

बाग्मती प्रदेशको १ लाख २० हजार ५ सय ४५ हेक्टरमध्ये १ लाख ५ हजार १ सय ३ हेक्टर, गण्डकीको ९४ हजार १ सय ८२ हेक्टरमध्ये ७४ हजार ६ सय ६४ हेक्टर र कर्णाली प्रदेशको ४० हजार ८ सय ८४ हेक्टरमध्ये ३५ हजार ९ सय ४८ हेक्टरमा रोपाइँ सकिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS