images
images

नेपाली टी-२० टोलीको क्याम्पका लागि आदिलसहित ३२ खेलाडी बोलाइए

images

२९ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि ३२ खेलाडीलाई क्याम्पमा बोलाएको छ ।

यस टोलीमा प्रतिबन्धबाट फुकुवा भएका खेलाडी मोहमद आदिल आलम पनि समावेश भएका छन्। यस्तै स्कटल्याण्ड सिरिजका लागि टिममा नपरेका खेलाडी कुशल मल्ल क्याम्पमा बोलाइएका छन् जहाँ उनलाई फेरि टिममा पुनरागमनको मौका बन्न सक्छ ।

मोहमद आदिल आलम सन् २०७९ मंसिरमा त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको नेपाल टी–२० लिगका क्रममा स्पट फिक्सिङको आरोपमा प्रतिबन्धमा परेका थिए। त्यसपछि उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग गरिएका थिए।

यद्यपी क्यानको इन्टेग्रिटी कमिटीले आवश्यक अनुसन्धान र प्रक्रिया पुरा गरेपछि उनलाई २०८२ वैशाख २१ गतेबाट पुनः क्रिकेटमा फर्किन अनुमति दिइएको हो। योसँगै अब उनी फेरि नेपाली टोलीका लागि प्रतिस्पर्धा गर्न सक्नेछन्।

क्यानले बोलाएको प्रारम्भिक क्याम्पमा समावेश ३२ खेलाडीहरूमा रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम सार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रूपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, मोहमद आदिल आलम, पवन सर्राफ, शेर मल्ल, शुभ कंसाकार र अर्जुन घर्ती छन् ।

उक्त टोलीबाट छानिएका खेलाडीहरू समावेश भएको अन्तिम टोलीले एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्नेछ। यही छनोट नेपालका लागि २०२६ भारत–श्रीलंकामा संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा पुग्ने अर्को अवसर हुनेछ।-अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS