
म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६८ करोड ७६ लाख ३६ हजार रुपैयाँको अनुमानित आय व्यय सार्वजानिक गरेको छ ।
गाउँपालिकाको १८ औं गाउँसभाको दोश्रो बैठकमा मंगलबार गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उक्त बजेट सार्वजनिक गरेका थिए । जसमध्ये चालु तर्फ ६८ दशमलब ९४ प्रतिशत अर्थात ४७ करोड ४० लाख ५२ हजार र पुँजीगत तर्फ ३१.०६ प्रतिशत अर्थात २१ करोड ३५ लाख ८४ हजार बाँडफाँड गरिएको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान ९ करोड ८६ लाख, शशर्त अनुदान पुँजिगत ८० लाख ४० हजार, शशर्त अनुदान चालु १८ करोड ८ लाख ७४ हजार, संघीय राजश्व बाँडफाँडबाट प्राप्त हुने ८ करोड ४५ लाख ४२ हजार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान १ करोड २१ लख ७५ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त हुने ८८ लाख ६३ हजार हुने अनुमान गरिएको छ ।