images
images

महिला एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

images

६ असार, काठमाडौं । एएफसी महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन् ।

टोलीमा केही समयअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेलेको टिमबाट एक खेलाडी परिवर्तन भएको छ । सुस्मा तामाङको स्थानमा प्रतिक्षा चौधरीलाई टिममा राखिएको छ । एपीएफबाट घरेलु फुटबल खेल्ने प्रतिक्षा पहिलो पटक सिनियर टिममा परेकी हुन् ।

महिला एसियन कप छनोटमा नेपाल एफमा छ । यस समूहमा घरेलु टोली उज्वेकिस्ता, लाहो स र श्रीलंका पनि छन् । नेपालले पहिलो खेल जसन २९ मा लाहोससँग खेल्नेछ । यस्तै दोस्रो खेल जुलाई २ मा श्रीलंकासँग खेल्नेछ भने जुलाई ५ मा उज्वेकिस्तानसँग समूहको अन्तिम खेल खेल्नेछ ।

समूह विजेता बन्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा छनोट हुनेछ ।

नेपालले सन् १९८६, १९८९ र १९९९ मा तीन पटक महिला एसिया कप खेलिसकेको छ । त्यसपछि महिला एसिया कप नखेलेको नेपाल २६ वर्षपछि महिला एसिया कपमा पुग्ने लक्ष्यमा छ ।

पछिल्लो पटक सन् २०२२ मा भारतमा भएको महिला एसिया कपको छनोट खेलेको नेपालले छनोट चरण पार गर्न सकेन ।

नेपालको टोली

गोलकिपर : अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ

डिफेन्डर : गीता राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी

मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल

फरवार्ड : साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल –अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS