२ असार, काठमाडौं । ब्राजिलियन क्लब बोटाफोगोले अमेरिकन टोली सिएटल साउण्डर्समाथि २–१ को जित निकाल्दै फिफा क्लब विश्वकप २०२५ मा विजयी सुरुवात गरेको छ।
समूह बी अन्तर्गत सोमबार विहान सम्पन्न खेलमा बोटाफोगोका लागि १७औं मिनेटमा जैर कुन्हाले कर्नर किकबाट आएको बलमा हेडिङ गर्दै गोल गरेका थिए। ४४औं मिनेटमा इगोर जेससले गोल गर्दै अग्रता दोब्बर पारे ।
सिएटल साउण्डर्सले दोस्रो हाफमा केही दबाब सिर्जना गरेको थियो । ७३औं मिनेटमा क्रिस्टियन रोल्डानले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । खेलको अन्त्यतिर सिएटलले पेनाल्टीमार्फत बराबरी गर्ने सुनौलो अवसर पाए पनि बोटाफोगोका गोलकिपर जोन भिक्टोरले पेनाल्टी सेभ गर्दै आफ्नो टोलीको अग्रता जोगाए।
समूह बी मा फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी), एट्लेटिको मड्रिड, बोटाफोगो र सिएटल साउण्डर्स छन्। हालको अवस्थामा बोटाफोगो समूहको दोस्रो स्थानमा रहेको छ। एट्लेटिकोलाई हराएको पीएसजी गोलअन्तरका आधारमा शीर्षमा छ।
बोटाफोगो अब आफ्नो अर्को खेलमा पीएसजीसँग भिड्नेछ भने सिएटलले एट्लेटिको मड्रिडविरुद्ध खेल्नेछ । दुवै पराजित टोलीका लागि अबको खेल निर्णायक सावित हुन सक्छ।-अनलाइनखबर
















