images
images

अस्ट्रेलियामा दिवसले जिते स्वर्ण

images

काठमाडौं (हाम्रो खेलकुद)  – छ वर्ष अघि स्वदेश मै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का रजत विजेता कराते खेलाडी दिवस श्रेष्ठले अस्ट्रेलियामा न्यु साउथ वेल्स (एनएसडब्लु) कपमा स्वर्ण पदक जितेका छन् ।

अस्ट्रेलियाको सिड्नीमा भएको प्रतियोगितामा दिवसले पुरुष सिनियर १८ वर्षमाथि उमेर समूहको ७५ केजीमाथि एलिट समूहमा स्वर्ण जितेको कराते प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।

स्वर्ण जित्ने क्रममा उनले अस्ट्रेलियन खेलाडीलाई ५-२ ले पराजित गरेका थिए । दिवसले सन् २०१९ मा नेपालमा भएको १३ औं सागमा रजत जितेका थिए । दिवस हाल अस्ट्रेलियामै बसोबास गरिरहेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS