images
images

नेपाली फुटबल टोली स्वदेश फिर्ता

images

२९ जेठ, काठमाडौं । हङकङसँगको मैत्रीपूर्ण फुटबल खेल तथा एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेल खेलेर नेपाली फुटबल टोली स्वदेश फर्किएको छ ।

टोली बुधबार राति नेपाल आइपुगेको हो । टोलीलाई एन्फाका पदाधिकारीहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

नेपालले मैत्रीपूर्ण खेलमा हङकङलाई गोलरहित बराबरीमा रोकेको थियो । एसियन कप छनोटमा भने नेपाल लाओससँग पराजित भयो ।

घरेलु मैदानमा लाओसले नेपाललाई २-१ गोलअन्तरले हराएको थियो । नेपाल लाओससँग पहिलोपटक पराजित भएको हो ।-अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS