images
images

मैत्रीपूर्ण फुटबलमा नेपालले आज हङकङसँग खेल्दै

images

२२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज हङकङसँग खेल्दैछ ।

खेल हङकङको हङकङ नेसनल स्टेडियममा आज साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ ।

नेपालले ३७ वर्षपछि हङकङसँग फुटबल खेल खेल्न लागेको हो ।

फिफा वरियतामा हङकङ नेपाल भन्दा अघि १५३औं स्थानमा छ । नेपाल १७५औं स्थानमा छ ।

नेपाल र हङकङबीच यसअघि भएको एक मात्र खेल बराबरीमा सकिएको थियो ।

सन् १९८८ मा काठमाडौंको दशरथ रंगशामा भएको एसियन कप छनोटको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङकङले तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

छनोटको समूह एफमा रहेको नेपालले यही जुन १० मा लाओससँग अवे खेल खेल्दैछ । उक्त खेल खेल्नुअघि हङकङसँगको खेलले नेपाललाई राम्रो तयारी हुने विश्वास छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बुधबार भएको प्रि म्याच कन्फ्रेन्समा हङकङ राम्रो टिम भएपनि नेपालले उच्च मनोबलका साथ खेल्ने र जितकै लागि खेल्ने बताएका थिए । रोसले यो मैत्रीपूर्ण खेल मात्र नभई लाओस विरुद्धको खेलका लागि तयारी समेत रहेको बताएका छन् ।

यस्तै कप्तान किरण चेम्जोङले विपक्षीलाई सम्मान गर्दै राम्रो प्रदर्शन गर्ने बताएका थिए ।-अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS