images
images

नेपाल र स्कटल्याण्ड ए बीचको दोस्रो अभ्यास खेल नतिजाविहीन

images

१८ जेठ, काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेटका लागि स्कटल्याण्ड पुगेको नेपाली टोली र स्कटल्याण्ड ए बीचको दोस्रो अभ्यास खेल वर्षाका कारण नतिजाविहीन भएको छ ।

शनिबार भएको खेलको दोस्रो इनिङका क्रममा पानी परेपछि खेल नतिजाविहीन बनेको हो । खेलअघि पनि वर्षा भएर ४५ ओभरमा छोट्याइएको थियो ।

नेपालले दिएको २५४ रनको लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्ड ए ले १३ ओभरमा ३ विकेट गुमाएर ६४ रन बनाएको अवस्थामा पानी पर्न सुरु भएपछि खेल त्यसपछि सुरु हुन सकेन ।

२० ओभर पूरा नभएकाले डिएल पद्दति पनि लागु नहुने भएपछि खेल नतिजाविहीन बन्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभरमा ९ विकेट गुमाएर २५३ रन बनाएको थियो । गुल्शन झाले सर्वाधिक ६४ रन बनाउँदा कप्तान रोहित पौडेलले ६१ र भीम सार्कीले ५७ रन बनाए । ओपनर कुशल भुर्तेलले ३१ रन बनाए ।

स्कटल्याण्ड ए का लागि गाभिन मेन, जेम्स डिकिन्सन र ओली डेभिडसनले २(२ विकेट लिँदा लेविस ओ डोनेल, म्याकेन्जी जोन्स र जैनुल्लाह इहसानले १-१ विकेट लिए ।

यसअघि पहिलो अभ्यास खेलमा नेपाल १०२ रनले पराजित भएको थियो । युकेको अभ्यास खेलमा अपरजित रहेको नेपाली टोली स्कटल्याण्ड पुगेर भने पहिलो अभ्यास खेलमा पराजित भएको थियो ।

नेपालले अब सोमबारदेखि सुरु हुने लिग २ शृंखलाअन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग २-२ खेल खेल्नेछ ।-अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS