images
images

आईपीएलको प्लेअफ समीकरण पूरा, पञ्जाब र बेंगलुरु पहिलो क्वालिफायरमा खेल्ने

images

१४ जेठ, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफ समीकरण पूरा भएको छ । मंगलबार अन्तिम लिग खेल सकिएसँगै प्लेअफको पहिलो क्वालिफायर र इलिमिनेटरमा खेल्ने टिमको टुंगो लागेको हो ।

अन्तिम लिग खेलमा बेंगलुरुले लखनउमाथि ६ विकेटको शानदार जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान बनायो । त्यसअघि पञ्जाब किङ्सले पहिलो क्वालिफायरमा स्थान बनाइसकेको थियो ।

बेंगलुरुको जितले गुजरात टाइटान्स भने अंकतालिकामा तेस्रो स्थानमा झरेर इलिमिनेटर खेल्ने छ जहाँ चौथो स्थानमा रहेको मुम्बई इन्डियन्ससँग गुजरातको भेट हुनेछ ।

मुम्बई वा गुजरातमध्ये एक टोली इलिमिनेटरबाटै बाहिरिने छन् । यसपटक उपाधिविहीन दुई टोली पञ्जाब र बेंगलुरुमध्ये एकले सोझै फाइनलमा स्थान बनाउनेछन् भने पराजित हुने टोलीलाई फेरि एक मौका हुनेछ ।

अब पहिलो क्वालिफायर खेल बिहीबार न्यू चण्डीगढमा पञ्जाब र बेंगलुरुबीच हुनेछ । विजेता टोली फाइनलमा पुग्नेछ भने पराजित टोलीले शुक्रबार हुने मुम्बई र गुजरातबीचको विजेतासँग आइतबार दोस्रो क्वालिफायरमा खेल्ने छ ।

पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरको विजेताका बीचमा मंगलबार फाइनल खेल हुनेछ ।

आईपीएल २०२५ प्लेअफ

पहिलो क्वालिफायर : पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु (मे २९)

इलिमिनेटर : गुजरात टाइटान्स र मुम्बई इन्डियन्स (मे ३०)

दोस्रो क्वालिफायर : पहिलो क्वालिफायर हार्ने विरुद्ध इलिमिनेटर जित्ने (जुन १)

फाइनल  : पहिलो क्वालिफायर विजेता विरुद्ध दोस्रो क्वालिफायर विजेता

लिग चरणको प्रदर्शन

पञ्जाब किङ्सले १४ खेलमा ९ जित निकाल्दा १ नतिजाविहीन भएको थियो । १९ अंकसहित शीर्ष स्थानमा फिनिस गरेको छ ।

बेंगलुरुको समान खेलबाट समान नतिजासहित समान अंक हुँदा नेट रनरेटमा पछाडि रहेर दोस्रोमा फिनिस गरेको थियो ।

गुजरातले १४ खेलमा ९ जित र ५ हारका साथ १८ अंक जोडेर तेस्रो स्थानमा फिनिस गर्‍यो ।

मुम्बईले १४ खेलमा ८ जित र ६ हारका साथ १६ अंक जोडेर चौथो भयो ।-अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS