images
images

सिटीलाई हराउँदै क्रिस्टल प्यालेस एफए कप च्याम्पियन

images

काठमाडौं । क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै एफए कपको उपाधि जितेको छ । प्यालेसले क्लबको इतिहासमै पहिलो पटक प्रमुख उपाधि जितेको हो।

दक्षिण लन्डनको स्थानीय खेलाडी एबरेची एजेले खेलको १६औँ मिनेटमा शानदार भलीमार्फत गोल गर्दै प्यालेसलाई अग्रता दिलाएका थिए। त्यही गोल प्यालेसको जितमा निर्णायक बन्यो ।

३६औं मिनेटमा सिटीका ओमार मार्माउशल पेनाल्टीमा चुक्दा सिटीले उपाधिकै मूल्य चुकाउनुपर्‍यो । पूर्व म्यानचेस्टर युनाइटेडका गोलकिपर डिन हेन्डरसनले उत्कृष्ट बचाउ गर्दै सिटीलाई खेलमा फर्किन दिएनन् ।

म्यानचेस्टर सिटीले गोलका लागि थुप्रै प्रयास गरे पनि प्यालेसको रक्षात्मक दृढता र गोलकिपर हेन्डरसनको उत्कृष्ट प्रदर्शनका कारण सफलता प्राप्त गर्न सकेन। दोस्रो हाफमा प्यालेसका मुनोजले गोल गरेपनि भिएआरले अफसाइड भन्दै मान्यता दिएन ।

यो जितसँगै क्रिस्टल प्यालेसले आफ्नो इतिहासमा पहिलो पटक कुनै प्रमुख घरेलु उपाधि जित्न सफल भएको हो । यसले क्लबका समर्थकहरूबीच दक्षिण लन्डनमा ठूलो उत्सवको माहोल सिर्जना गरेको छ।-अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS