काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पट फिक्सिङको आरोपमा प्रतिबन्धित क्रिकेट खेलाडी मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा गरेको छ।
२०७९ मंसिरमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन भएको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिताका क्रममा आलममाथि स्पट फिक्सिङको आरोप लागेको थियो। सो आरोपपछि उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको थियो।
क्यानको इन्टेग्रिटी कमिटीले आवश्यक प्रक्रिया पुरा गरी प्रतिबन्ध फुकुवा गर्न सिफारिस गरेपछि क्यानले सो सिफारिसको आधारमा २०८२ वैशाख २१ गतेदेखि लागु हुने गरी मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा गरेको हो।
अब उनले पुनः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।
यसअघि फिक्सिङको आरोपमा दाबी नपुग्ने भन्दै आदिल र महबुबसँगै स्पट फिक्सिङको आरोप लागेका पाँच जनालाई अदालतले सफाइ दिएको थियो ।अनलाइनखबर
















