images
images
images

हङकङ र लाओस विरुद्धको खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

images

काठमाडौं । आगामी जुनमा हुने हङकङसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलका लागि नेपालको प्रारम्भिक फुटबल टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक म्याट रोसले प्रारम्भिक चरणमा ३० खेलाडीको नाम घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले हङकङसँग जुन ५ मा मैत्रीपूर्ण खेल खेल्दैछ भने जुन २० मा एसियन कप छनोट अन्तर्गत लाओससँग खेल्दैछ ।

प्रारम्भिक चरणमा छनोट भएका खेलाडीलाई यही वैशाख १७ गते एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न एन्फाले आग्रह गरेको छ । भर्खरै सम्पन्न नेपाल सुपर लिगमा पोखरा थण्डर्सका लागि २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका युवा फरवार्ड समिर तामाङसँगै डिफेण्डर पदम भट्टराई, च्याम्पियन ललितपुर सिटीका आदित्य शाक्य प्रारम्भिक चरणमै टिममा परेनन् ।

यस्तै पछिल्लो पटक सिंगापुरसँगको मैत्रीपूर्ण खेल र एसियन कप छनोटमा मलेसियासाग खेल्ने टिममा परेका डिफेण्डर रनदिप पौडेल, फरवार्ड भरत खवास र रेजिन सुब्बा भने यस पटक प्रारम्भिक चरणमा समावेश छैनन् । भरत र रेजिनले नेपाल सुपर लिग खेलेनन् भने रनदिपको प्रदर्शन राम्रो हुन सकेन ।

प्रारम्भिक टोली:

गोलकिपर: एन्जल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरण चेम्जोङ
डिफेण्डर : अभिषेक लिम्बु, अमृत श्रेष्ठ, अनन्त तामाङ, विमल पाण्डे, कुलदिप कार्की, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ
मिडफिल्डर : एरिक विष्ट, आयुष घलान, कृतिश रत्न छुन्जु, कुशल देउबा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, रोहित चन्द, सन्तोष खत्री, सृजन राज, सुदिप गुरुङ, सुमित श्रेष्ठ, सुरज ज्यु ठकुरी
फरवार्ड : अन्जन विष्ट, जिलेस्पीजंग कार्की, निराजन धामी, सुवास बम ठकुरी । अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS