दमौली, तनहूँ । नेपाल एसविआई बैंक लिमिटेड, दमौली शाखाले जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहूँ लाई तिस वटा ट्राफिक नोटिस वोर्ड प्रदान गरेको छ । यी ट्राफिक नोटिस वोर्ड मार्फत दमौली वजार क्षेत्रको ट्राफिक व्यवस्थापनममा केही सहायोग पुग्ने अपेक्षा वैंकले लिएको छ ।
बैंकले उक्त ट्राफिक नोटिस वोर्डहरु बिहीबार वैकंका शाखा प्रवन्धक दिवाकर भट्ट जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँका कार्यालय प्रमुख कृष्ण वहादुर चन्दलाई हस्तान्तरण गरेका हुन ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक नोटिस वोर्ड हस्तान्तरण गरेको वैंकका शाखा प्रवन्धकले जानकारी दिए।
- नेपाल एसविआई वैंक लिमिटेड दमौली शाखाका अनुशार वैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको र यसका साथै वित्तीय साक्षरता सम्वन्धी कार्यक्रम पनि गर्दै आएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहूँका कर्मचारीहरु तथा बैंक कर्मचारीहरुको उपस्थिती रहेको थियो ।















