
आँवुखैरेनी ।
आँवुखैरेनी क्याम्पसको स्ववियु निर्वाचनमा उम्मेदवारी लिएकार सरकारवादी दल निकट विद्यार्थी संगठनका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिनेमा एमाले निकट अनेरास्ववियूका तर्फबाट सभापति रक्षा पोखरेले उम्मेदवारी लिएकी छन् । आँवुखैरेनी गाउँपालिकाको शिक्षाको विकास लागि अखिल क्रान्तिकारीले काम गर्न सक्ने भन्दै आफ्नो समेत पूर्ण समर्थन रहेकाले उम्मेदवारी फिर्ता लिएको बताइन् ।
नेवि सँघका समानुपातिक उम्मेदवार रोमन आले,ओम थापा, अनेरास्ववियुबाट प्रत्यक्ष उम्मेदवार रहेका प्रयास श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका हुन् । विद्यार्थीहरुको वृहत छलफल पछि बुद्धिजिवि, विद्यार्थी साथीहरु र प्रगतिशिल सोच राख्ने सबैले निशान मगर नेतृत्वमा रहेको अखिल क्रान्तिकारीमा मतदान गरी विजयी गराउन प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
चैत ५ गते हुने निर्वाचनमा सबैले अखिल क्रान्तिकारीलाई मतदान गर्न उनीहरुले आग्रह गरेका छन् ।