images
images
images

फाइनलमा सधैँ अभागी नेपाल, यस्तो छ १३ हारको इतिहास

images

नेपाल महिला टोली फाइनलमा सधैं अभागी बन्दै आएको छ । १३औं फाइनलमा हारपछि उनको उपविजेता ट्याग अझै हटेन ।

काठमाडौं । नेपाल महिला टोली फाइनलमा सधैं अभागी बन्दै आएको छ । १३औं फाइनलमा हारपछि नेपालको ‘उपविजेता’ ट्याग अझै हट्न सकेन, फाइनल जिंक्स अझै तोड्न सकेन ।

एन्फाले म्यानमार, लेबनान र कीर्गिस्तान बोलाएर पहिलो पटक चार राष्ट्र सहभागी भएको इन्टरनेसनल वुमन्स फुटबल आयोजना गरेको थियो । बुधबार दशरथ रंगशालमा १५ हजार बढी दर्शकको माझ भएको च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २(० ले पराजित भएपछि फेरि उपविजेतामै सीमित भयो ।

नेपाल फाइनलमा हारेको यो पहिलो पटक होइन । दोस्रो, तेस्रो वा चौथो पनि होइन । १३औं फाइनल हार । विश्व फुटबलमै पनि यति धेरै फाइनल कुनै टिमले हारेको छैन होला । एक हिसाबले यो अन्याय नै भयो ।

नेपाल यसअघि १२ पटक फायनलमा हारिसकेको थियो । १३औं फाइनलमा जित्ने आशा थियो । तर वरियतामा ४८ स्थान माथि रहेको म्यानमारसँग नेपालको केही जोर चलेन । दोस्रो हाफमा अर्गनाइज हुन नसक्दा दुई गोल बेहोर्दै नेपाल पराजित भयो ।

नेपालको महिला टिमले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको चार दशक छुन लाग्दा पछिल्लो डेढ दशक नेपालले अन्तर्राष्ट्रिय स्तरमा उत्कर्ष्ट प्रदर्शन गर्दै आएको छ । यो बीचमै हो नेपालले १३ फाइनल खेलेको । तर फेरि पनि नेपाल फाइनल पुग्ने अनि पराजित हुने पुरानै परम्परा कायम रह्यो ।

नेपाल सबैभन्दा धेरे साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा पराजित भएको छ । अहिलेसम्म साफमा ६ पटक फाइनल खेल्दा नेपाल ६ पटक नै पराजित भएको छ । यस्तै दक्षिण एसियाली खेलकुद (साग)  मा पनि एक पटक भन्दा बढी नेपाल फाइनलमा पराजित भएको छ । साग ३ पटक तथा हिरो गोल्डकप, नादेज्दा कप, वाफ वुमन्स च्याम्पियनसिप र अहिले इन्टरनेसनल वुमन्स च्याम्पियनसिपमा समान १ पटक फाइनलमा पराजित भएको छ ।

नेपालले साफ वुमन्स च्याम्पियनसिपको डेढ दशक लामो इतिहासमा सर्वाधिक ६ पटक फाइनल खेले पनि अझै उपाधिविहीन छ ।

नेपाल सबैखाले गरी भारतसँग ७ पटक फाइनलमा पराजित भएको छ भने बंगलादेश र म्यानमारसँग समान दुई पटक तथा उज्वेकिस्तान र जोर्डनसँग १-१ पटक फाइनलमा पराजित भएको छ ।

यसअघि पछिल्लो पटक नेपालले गत अक्टोबरमा घरेलु मेदानमै भएको साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलेको थियो । दशरथ रंगशालमौ भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो । यस्तै नेपाल पछिल्लो एक वर्ष भित्र महिला फुटबलको फाइनलमा पराजित भएको यो लगातार तेस्रो पटक हो । २०२४ को फेब्रुअरीमा साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको फाइनमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो ।

दक्षिण एसियामा साफ वा सागमा यसअघि भारत नेपालको लागि बाधक बन्दै आएकोमा अब बंगलादेश पनि नेपालको लागि तगारो बन्न थालिसकेको छ ।

पाँच पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेकव च्याम्पियन भारत विरुद्ध नेपालले पछिल्लो समय राम्रो प्रदर्शन गर्न थालेको छ । तर बंगलादेशसँग भने नेपाल साफमै लगातार दुई पटक फाइनलमा पराजित भयो ।

नेपालले साफमा दुई पटक सेमिफाइनलमा भारतलाई हरायो पनि । तर, पछिल्लो दुई संस्करण नेपालका लागि नयाँ टोली बंगलादेश नयाँ चुनौतीको रुपमा देखियो ।

सन् २०१० मा बंगलादेशको कक्स बजारबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपाल यसअघि भारतसँग चार पटक र बंगलादेशसँग २ पटक फाइनलमा पराजित भएको छ ।

भारतसँग २०१० मा १–० ले, २०१२ मा ३–१ ले, २०१४ मा ६–० ले र २०१९ मा ३–१ ले पराजित भएको नेपाल २०२२ मा बंगलादेशसँग ३–१ र २०२४ मा २–१ ले पराजित भयो ।

यस्तै २०१० देखि नै साग महिला फुटबलमा नेपाल भारतसँग तीन पटक पराजित भएको थियो । २०१० मा बंगलादेशमा भएको ११औं सागमा नेपाल फाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो । सन् २०१६ मा भारतमै भएको १२औं सागमा नेपाल फाइनलमा भारतसँग ४–० ले पराजित भएको थियो भने २०१९ मा नेपालमै भएको १३औं सागमा नेपाल फाइनलमा २–० ले पराजित भएको थियो ।

यस बाहेक २०१९ मै नेपाल हिरो वुमन्स गोल्डकपमा म्यानमारसँग र त्यही वर्ष नादेज्दा कपमा उज्वेकिस्तानसँग फाइनलमा पराजित भएको थियो । गत वर्ष पहिलो पटक वेष्ट एसियन फुटबल एसोसिएसन ९वाफ० च्याम्पियनसिप खेल्न गएकव नेपालले फाइनल पुगेर उपलब्धी हासिल गरेकव थियो । तर जोर्डनसँग फाइनलमा पेनाल्टीसुटआउटमा पराजित हुँदा नेपाल उपाधि नजिक पुगेको चुकेको थियो ।

अहिले पेरि एक पटक घरेलु मेदानमे भएको अन्तर्राष्ट्रिय प्रतियोगिताको पनि फाइनलमै नेपाल चुक्यो । हुनत नेपाल भन्दा म्यानमार वरियतामा धेरे अघि छ र म्यानमारको स्तर पनि राम्रो छ । तर यही प्रतियोगिताको लिग चरणमा नेपालले म्यानमारलाई २-२ को बराबरीमा रोकेर म्यानमारसँग टक्कर दिन सक्ने सन्देश दिएकव थियो ।

फाइनलमा पनि पहिलो हाफमा नेपालले म्यानमारलाई रोकेको थियो । अझ पहिलो हाफमा गोल गर्ने दुई राम्रो अवसर पाएपनि नेपालले सदुपयोग गर्न गर्न । त्यसकै मुल्य दोस्रो हाफमा नेपालले चुकायो ।

दोस्रो हाफमा म्यानमारले राम्रोसँग खेल्यो र दुई गोल गर्‍यो । नेपालले गोल पर्काउन प्रयास गरेपनि सफल भएन । हजारौं दर्शकको अगाडि फेरि एक पटक पराजित हुँदा नेपाली खेलाडी निराश बने । समर्थकको पनि नेपाली महिला टिमले ट्रफी उचालेको हेर्ने चाह अझै पूरा हुन सकेन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS