images
images

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेतालाई ५ लाख

images

काठमाडौं। १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ३ गते हुने भएको छ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको अयोजनामा म्याराथन शनिबार हुन लागेको हो । खुला ४२.१९५ किमी म्याराथनको विजेताले ५ लाख रुपैयाँ जित्ने छन् । दोस्रोले ३ लाख, तेस्रोले २ लाख र सान्त्वनास्वरूप चौथो देखि ८ जनासम्मलाई ३० देखि १० हजार प्रदान गर्ने आयोजकले जनाएको छ।

यो वर्ष पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १४ वटा क्याटोगरीहरू हुने छन् । म्याराथनमा खुला म्याराथन ४२.१९५ किमी, गण्डकी प्रदेशस्तरीय खुला म्याराथन ४२.१९५ किमी दौड, २१.०९७ किमी हाफ म्याराथन महिला र पुरुष दौड, महिलारपुरुष १० किमी दौड, विद्यालयस्तरीय छात्र र छात्रा ५ किमी दौड, ५० वर्षभन्दा माथि ५ किमी भेट्रान्स महिलापुरुष दौड हुनेछन्।

गत माघ २६ गते पोखरा म्याराथनअन्तर्गत नै महिलारपुरुष ह्विलचियर तथा दृष्टिविहीन महिलारपुरुष दौड सम्पन्न भइसकेको छ।

वर्षको एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन रन फर फन पनि हुने आयोजकले जनाएको छ। यो म्याराथन हरेक वर्ष फागुनको पहिलो साताको शनिबार हुँदै आएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS