images
images

एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपाल तनहुँ शाखाको अधिवेशन सम्पन्न

images

दमौली, २२ माघ ।
नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा राजकुमार श्रेष्ठ चयन भएका छन् । शाखाको आज सम्पन्न दशौ अधिवेशनबाट श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनबाट शाखाको उपाध्यक्षमा कृष्ण न्यौपाने, महिला उपाध्यक्षमा सुनिता आचार्य, सचिवमा ऋषिकान्त दुवाडी, सहसचिवमा किरण श्रेष्ठ र अन्जन परियार, कोषाध्यक्षमा सागर गिरी र सदस्यहरुमा विष्णुबहादुर सिंजाली र देव गजमेर भएका छन् । । केन्द्रीय प्रतिनिधिमा मदन तिमिल्सना सम्झना रसाइली र प्रेमप्रसाद पौडेल, चयन भएको छन् ।
प्रेस चौतारी पत्रकारिता पुरस्कार श्रेष्ठलाई
प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष त्रिभुवन श्रेष्ठलाई प्रदान गरिएको छ । शाखाको दशौ जिल्ला अधिवेशनका अवसरमा श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी रु दश हजार रहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS