तनहुँ
व्यास नगरपालिका वडा नं.१ का खेमराज अधिकारी भक्तजनहरूका माझ अहिले ध्यानाचार्य सदगुरुदेवका नामले परिचत छनआफ्ना अनुयायीका लागि कथा सुनाउने होइन, उनीहरूका पीडा र ब्यथा सुन्ने एक अद्वितीय गुरुका रुपमा ख्याती कमाएका छन् ।
ध्यान र साधनाको माध्यमबाट भक्तजनहरूको समस्याको समाधान खोज्ने उनी, समाजमा विद्यमान विभेदलाई हटाएर समानता स्थापित गर्ने अभियानमा जुटेका छन् ।
गुरुको विशेषता के हो भने, सबै धर्मका व्यक्तिहरूलाई समभाव राख्ने गरेका छन् जसका कारण सबै धर्म मान्ने उनको अनुयायी बनेका छन् । ‘साधना नै शक्तिको श्रोत हो’ भन्ने विचारलाई स्थापित गर्दै, धर्मलाई ध्यान र साधनाको माध्यमबाट प्रचार–प्रसार गर्ने उनको प्रयासले नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ ।
जय श्री हरि मन्त्र जन–जनको मुखमा गुञ्जायमान भएको छ । यसले मानिसहरूको मन–मस्तिष्कलाई आध्यात्मिक शक्तिको स्रोततर्फ निर्देशित गरेको छ ।त्यसैगरी, उनले व्यासको जन्मभूमिको प्रचार–प्रसार र प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान दिएका छन् ।
यो अभियानले धार्मिक चेतनाको विकाससँगै व्यास भूमिको पहिचानलाई पनि थप समृद्ध बनाउन सहयोग पुगेको छ । गुरुको अहिले १० हजार भन्दा बढी भक्तहरु रहेका छन् ।















