images
images

‘ग्रीन हिमालयन फार्म स्टे’ ग्रामिण उद्यमशिलताको नमुना

images

भानु
भानु नगरपालिका वडा नम्बर ९ मा परम्परागत र आधुनिक शैलीको मिश्रण सहित ग्रीन हिमालयन फार्म स्टे ग्रामणि उद्यमशिलताको नमुना बनेको छ ।
४ वर्षदेखि होम स्टेका रूपमा रहेको यो फार्ममा विभिन्न संरचना थप गरेपछि हालै पूर्ण रूपमा सञ्चालन गरिएको हो। फार्मकी सञ्चालक गीता अधिकारी पाण्डेका अनुसार, ७५ रोपनी क्षेत्रफलमा फैलिएको यस फार्मलाई व्यवस्थित बनाउन झन्डै २ करोड रुपैयाँ खर्च भएको छ ।


तनहुँको डुम्रेबाट करिब २० किलोमिटर टाढा अवस्थित यो फार्म ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको हो । परम्परागत शैलीका चिटिक्क सिंगारिएका घरहरू र आधुनिक सुविधायुक्त घरहरू निर्माण गरी पाहुनाको आकर्षणको केन्द्र बनाइएको छ। गोलो आकारको एक तले मगर घर, लिचीको बोटमुनि रहेको टूे हाउस, र नेपालमै पहिलोपटक व्यावसायिक रूपमा निर्माण गरिएको ब्यारल घर फार्म स्टेको प्रमुख आकर्षण हुन्।
फार्म स्टेले आफ्नै बारीमा उत्पादित सामग्रीबाट मात्रै खानपिन सेवा दिने प्रण गरेको छ। “नुन र चिनीबाहेक सबै सामग्री यही फार्ममा उत्पादन गर्छौं,” फार्म सञ्चालक पाण्डेले बताइन्। यहाँ कृषि उत्पादन र पशुपालनबाट पाहुनालाई स्वच्छ र स्वास्थ्यप्रद खाना खुवाइने छ ।


फार्म सञ्चालनको उद्देश्य गाउँमै बस्ने वातावरण निर्माण गर्नु र रोजगारीको अवसर सृजना गर्नु रहेको  सञ्चालक पाण्डेले बताइन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS