images
images

भानुमा बोका प्रदर्शनी प्रतियोगिता हुने

images

पौष २५, भानु
राष्ट्रिय बाख्रा दिवश २०८१ को अवशरमा तनहुँको भानुमा स्थानीय तथा उन्नत बोका प्रदर्शनी प्रतियोगिता हुने भएको छ ।
ू पोसिलो आहार , बाख्रा पालनमा गुणस्तर सुधार भन्ने नाराका साथ आगामी माघ ४ गते उक्त प्रदर्शनी हुन लागेको हो । भानु नगरपालिका पशुपंछी तथा मत्स्य बिकास शाखा , राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दिपुर, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ, बरभञ्ज्याङ बाख्रा पालक समूह र नेपाल ब्यवशायीक बाख्रा पालक महासंघको आयोजनामा भानु ५ को स्याउली पसलमा स्थानीय तथा उन्नत बोका प्रदर्शनी हुन लागेको भानु नगरपालिकाका पशुपंछी तथा मत्स्य बिकास शाखाका अमित ढुँगानाले जानकारी दिए ।
प्रदर्शनीमा प्रथम हुने बोका धनीलाई स्थानीय जात तर्फ १० हजार , उन्नत जात तर्फ १० हजार र द्वितीय हुनेलाई ८ र ८ हजार , तृतीय हुनेलाई ६ र ६ हजार र सान्त्वना हुनेलाई ४ र ४ हजार रुपैंया पुरस्कारको ब्यवस्था गरिएको भानु नगरपालिकाका पशुपंछी तथा मत्स्य बिकास शाखाका प्रमुख एवं पशु विकास अधिकृत सुशील ऐरीले बताए।
बिहान १० बजेबाट शुरु हुने कार्यक्रममा बोका प्रदर्शनी , बाख्राको उत्पादन परिकार प्रदर्शनी , बाख्राको सुधारिएको मलको प्रदर्शनी , मनोरञ्जन तथा साँस्कृतिक कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम रहेको नगरपालिकाका प्रशासकीय अधिकृत सुनिल पाण्डेले जानकारी दिए।
भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले यस्ता प्रदर्शनीले पशुपालन तर्फ आकर्षित गराउन सकिने भन्दै भानु नगरपालिकालाई मासुमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे । नगरपालिकाकि उप–प्रमुख उमा गोतामेले नगरपालिकाले किसानका लागि आवश्यक पर्ने प्राविधिक एवं अन्य सहयोगको कार्यक्रम पनि संचलन गर्न जोड दिई रहेको जानकारी दिए। । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकता दिनु पर्ने बताए।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS