images
images

ग्रीक क्लब निस अट्रोमिटौमा एन्जिलाले थालिन् प्रशिक्षण

images

काठमाडू । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले ग्रीक क्लब निस अट्रोमिटौमा प्रशिक्षण सुरु गरेकी छन् ।

एञ्जिलालाई ग्रीसको महिला ए लिग क्लब निस अट्रोमिटौले २०२४/२५ को सिजनको लागि अनुबन्ध गरेको हो ।

पहिलो पटक युरोपियन क्लबमा खेल्न गएका उनले जनवरी देखि मात्रै लिग खेल्न पाउने भएकी छन् ।

एञ्जिलाले भर्खरै ग्रीस पुगेर प्रशिक्षण थालेको भन्दै जनवरीबाट खेल्ने जानकारी दिइन् ।

एन्जिलाले पहिलो पटक एसिया भन्दा बाहिरको लिग खेल्दैछिन् ।

यसअघि उनले भारतको सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेडमा एक सिजन खेलेकी थिइन् । दुवै टोलीमा एञ्जिला दुवै टोलीको कप्तान थिइन् ।

नेपाली गोल मेसिन सावित्रा भण्डारी साम्बा पछि युरोपको लिग खेल्ने एन्जिला दोस्रो नेपाली खेलाडी बन्नेछिन् । सावित्रा हाल फ्रेन्च लिगमा गुइग्याम्पबाट खेलिरहेकी छन् ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS