images
images
images

अपराजित चितवनविरुद्ध जितविहीन कर्णालीको प्रतिस्पर्धा

images

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौं दिन आज पनि दुई खेल हुँदैछ । त्यसमध्ये पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

दुई टोलीको अहिलेसम्मको यात्रा फरक छ । लिगअघि कमजोर मानिएको कुशल मल्ल कप्तान रहेको टिम चितवनले लगातार दुई खेल जितेर अपराजित छ । उता सन्तुलित अनि शिखर धवनको आगमनले चर्चित बनेको कर्णाली याक्सले भने अपेक्षाभन्दा फरक नतिजा निकालेको छ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले सुरूवाती दुवै खेलमा हार व्यहोरेको छ ।

चितवनले आफ्नो पहिलो खेलमै काठमान्डु गुर्खाजलाई पराजित गर्दै शानदार सुरुवात गरेको थियो । त्यसपछि दोस्रो खेलमा पोखरा एभेन्जर्समाथि सानदार जितसहित चितवनले ४ अंक जोडेको छ ।

युवा कप्तान कुशल मल्लसहित लेफ्ट आर्म मिडियम पेसर रिजन ढकाल अनि युवा खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसमा टी२० विश्वकप जितिसकेका भेट्रान खेलाडीहरु सोहे तनविर र रवि बोपारा अनी नेपालका शरद भेषावकरको अनुभवले टिमलाई मोटिभेट गरिरहेको छ ।

चितवनका दुई लेफ्ट आर्म मिडियम पेर तनविर र रिजनले राम्रो प्रदर्शन गरिरहेका छन् । उनीहरुलाई स्पीन अलराउण्डरहरु कुशल मल्ल, लुक बेन्केन्सटेइनले राम्रो साथ दिएका छन् । यसैगरी ब्याटिङमा पनि सबैले योगदान गरिरहेका छन् । विशेषगरी चितवन मिडल अर्डरमा राम्रो छ । ओपनर हसन र दीपक चल्न नसकेपनि मिडल अर्डरमा कुशल मल्ल, बोपारा, लुक बेन्केन्सटेइन र सन्तोष कार्कीले राम्रो खेलेका छन् ।

अर्कोतर्फ राष्ट्रिय टिमका सोमपाल कामी र गुल्सन झा जस्ता चर्चित खेलाडीहरु भएको कर्णालीको टिम सन्तुलित छ र विदेशी खेलाडीहरु पनि अनुभवी छन् । तर मैदानमा नतिजा ल्याउन भने सकेको छैन । पहिलो खेलमै जनकपुर बोल्ट्ससँग पराजित भएको कर्णाली त्यसपछि काठमान्डु गुर्खाजसँग पराजित भयो ।

कर्णालीको टिममा धवनसहित ओमानका पूर्व कप्तान जिसान मक्सुद, हङकङका बाबर हायत अनी वेष्ट इन्डिजका भेट्रान खेलाडी चाडविक वाल्टन छन् । तर कोही पनि म्याच विनर बन्न सकका छैनन् । धवनले काठमान्डु विरुद्ध अर्धशतक प्रहार गरेपनि जितक लागि पर्याप्त बन्न सकेन । काठमान्डु विरुद्ध कर्णाली बलिङमा चुक्दा पराजित हुनुपरेको थियो ।

धवनले पहिलो खेलमा रन हान्न नसकेपनि दोस्रो खेलमा अविजित ७२ रन बनाएका थिए । तर अर्का ओपनर देव खनालको ब्याट चल्न सकेको छैन । अन्य विदेशी खेलाडीहरुले पनि राम्रो खेल्न सकेका छैनन् । लोअर अर्डमा नेपाली खेलाडीहरुले रन हानेपनि पर्याप्त भएको छैन । टप अर्डरले रन हाने पछि आउने खेलाडीलाई सहज हुनेछ ।

आज चितवन लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ । कर्णाली चितवनको अपराजित यात्रा ब्रेक गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

कर्णालीका कप्तान सोमपाल कामीले यसअघिका खेलमा भएका गल्तीलाई सुधार गर्दै आउने खेलमा राम्रो प्रदर्शन गर्ने बताएका थिए । लगातारको हारको दबाबमा भन्दा पनि जिम्मेवारी बढेको सोमपालको भनाई थियो ।

खेल : कर्णाली याक्स भर्सेस चितवन राइनोज

मिति र समय : २१ मंसिर, विहान ९ बजे

स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर

कर्णाली याक्स सम्भावित ११ : शिखर धवन, देव खनाल, बाबर हायत, चाडविक वाल्टन/विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, भुवन कार्की, विपिन प्रसाद शर्मा

चितवन राइनोज सम्भावित ११ : हसन एइसाखिल, दीपक बोहरा, कुशल मल्ल, रवि बोपारा, लुक बेन्केन्सटेइन, सन्तोष कार्की, शरद भेषावकर, अमर सिंह राउटेला, रिजन ढकाल, रन्जित कुमार, सोहेल तनविअनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS