images
images
images

Untitled

images

२०८१ मंंसिर ७ । कास्की माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ मंसिर ६ गते देखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दास्रो दिन शुक्रवार विभिन्न विदाका खेलहरु सम्पन्न भएको छ ।

शुक्रवार भएको पहिलो खेल सटफुट छात्र तर्फ भुमेश्वर मा।विका सुमन मिजार प्रथम, शुक्लागण्डकीका रुपक दर्लामी द्धितिय र निश्पक्ष मा।विका अमन थापा तृतिय भएका छन् । सटपुट छात्रा तर्फ उदय मा।वि की मनिषा बि।क प्रथम, महेन्द्र मा।वि की ऐलिना परियार द्धितिय र शुक्लागण्डकी एलिना परियार तृतिय भएकी हुन् ।

लङजम्प छात्रतर्फ ज्ञानज्योति बोर्डिङ स्कुलका अंकित नेपाली प्रथम, उदय मा।विका दिनेश वि।क द्धितिय र महेन्द्र मा।विका अरुण परियार तृतिय भए ।

ज्याभलिङ थ्रो छात्रा तर्फ बरहा मा।वि की मोनिका जैसी प्रथम, भुमेश्वर मा।वि की सन्जु नेपाली द्धितिय र शुक्लागण्डकी की सलिना नेपाली तृतिय भईन् । ज्याभलिङ थ्रो छात्र तर्फ शुक्लागण्डकीका आदित्य भारती प्रथम, गौरीशंकरका जीतमान कामी द्धितिय र माछापुच्छे«का इश्वर पाइज तृतिय भए ।

यता ट्रिपल जम्प छात्रको खेलमा बराहका अमृत सुनार प्रथम, ज्ञानज्योतिका एलेन शाही द्धितिय र माछापुच्छे«का अनमोल तमु तृतिय स्थान हात पारे । ट्रिपल जम्प छात्रा तर्फ शुक्लागण्डी की प्रतिक्षा पोख्रेल प्रथम,भमेश्वर की रोसी नेपाली द्धितिय, शारदाकी अन्जु नेपालीले तृतिय स्थान प्राप्त गरिन ।

शनिबार छात्र कवडी तर्फ पहिलो खेल गौरीशंकर र महेन्द विच हुने छ । उक्त खेलको बिजेता समुहले माछापुच्छे संग पहिलो सेमिफाइनलको खेल खेल्ने छ । दोस्रो खेल शुक्लागण्डकी र शारदा मा।वि बिच हुने छ । दोस्रो खेलको बिजेता सुमहले ज्ञानज्योति संग दोस्रो सेमिफाइनलमा भिडने छ ।

छात्रा कवडी तर्फको पहिलो सेमिफाइनल खेल महेन्द्र र शुक्ला गण्डकी र दोस्रो माछापुच्छे« र उदय मा।वि विच हुने छ ।

छात्रा भलिवल तर्फ शनिवार पहिलो खेल पृथ्वीनारायण र निश्पक्ष विच हुने छ । बिजेता समुहले बराह संग सेमिफाईल भिडने छ । दोस्रो सेमिफाईनको खेल गैरीशंकर र शुक्लागण्डकी विच हुने छ । साथै अन्य रिले तर्फका विभिन्न विदाका खेलहरु पनि शनिवार सम्पन्न हुने छन् ।

मंसिर ६ गते देखि ८ गते सम्म लाहाचोक महेन्द्र मा।विको खेल मैदान मा सञ्चालन हुने रनिङ शिल्ड प्रगियोगितामा पालिका भित्रका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ ।

सरकारले विद्यालयको खेलकुद प्रतिभाको खोजि गर्दै सम्बर्धन र प्रवद्रधन गर्ने लक्ष्य सहित देशको संधिय संरचना अनुसार स्थानीय,प्रदेश र सघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । राष्ट्रपति रनिङ एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS