काठमाडौं । पाकिस्तानका अर्शद नदिमले कीर्तिमानसहित पेरिस ओलम्पिकमा स्वर्ण जितेका छन् ।
नदिमले एथ्लेटिक्स अन्तर्गत पुरुष ज्याभलिन थ्रोमा ९२.९७ मिटर थ्रो गर्दै स्वर्ण जितेका हुन् । नदिमले टोकियो ओलम्पिकमा स्वर्ण जितेका भारतीय निरज चोपरालाई पछि पार्दै स्वर्ण जितेका हुन् ।
एथ्लेटिक्समा पाकिस्तानले जितेको यो पहिलो स्वर्ण समेत हो । यसअघि पाकिस्तानले ओलम्पिकमा हक्कीमा तीन स्वर्ण जितेको थियो ।
नदिमले सन् २००८ को बेइजिङ ओलम्पिकमा नर्वेका आन्द्रेस थोरकिल्डसेनले बनाएको ९०.५७ मिटरको ओलम्पिक कीर्तिमान तोडेका हुन् ।
लगातार दोस्रो पटक ओलम्पिकमा स्वर्ण जित्ने योजनामा रहेका निरज चोपराले ८९.४५ मिटर थ्रो फाल्दै रजत जिते । ग्रेनडाका एन्डरसन पिटर्सले ८८.५४ मिटर फाल्दै कांस्य जिते ।