काठमाडौं । सन् २०२५ मा पुरुष एसिया कप भारतमा आयोजना हुने भएको छ । आगामी संस्करण टी–२० फर्म्याटमा खेलाइने छ ।
भारतले सन् २०२६ को टी–२० विश्वकप पनि आयोजना गर्ने छ । सोही विश्वकपको तयारी स्वरुप भारतले एसिया कप टी(२० शैलीमा खेलाउन लागेको एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ ।
सन् २०१६ मा पहिलो पटक एसिया कप ट्वान्टी–२० फर्म्याटमा खेलिएको थियो । त्यसपछि एकदवसीय फर्म्याटमा खेलाइँदै आएको थियो ।
सन् २०२३ मा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले प्रतियोगिता आयोजना गर्दा भारतले पाकिस्तान जान अस्वीकार गरेको थियो । यसपश्चात भारतका खेलहरू श्रीलंकामा आयोजना गरिएको थियो ।
सन् २०२७ को एसिया कप भने बंगलादेशमा एकदिवसीय फम्र्याटमा आयोजना हुनेछ । सोही वर्ष बंगालदेशमा ५० ओभरको विश्वकप आयोजना हुनेछ ।
















