images
images
images

 विद्यालय स्तरीय बास्केटबलको उपाधि सत्यवती र पराशरलाई

images

दमौली
दमौलीमा सम्पन्न अन्तरमाध्यमिक विद्यालय स्तरीय बास्केटबल प्रतियोगितामा छात्र तर्फ सत्यवती माध्यमिक विद्यालय र छात्रातर्फ पराशर माध्यमिक विद्यालय विजयी भएको छ । हैरान्स क्लवको आयोजनामा सम्पन्न प्रतियोगिातमा सत्यवतीले वाराहीलाई ३७–२४ अङ्कले पराजित गरेको हो । छात्रातर्फ वाराही आवासीय माध्यमिक विद्यालयलाई पराजित गर्दै पराशरले उपाधि जितेको हो । छात्रतर्फ उपाधिसँगै सत्यवतीले रनिङशिल्ड ट्रफीका साथमा नगद रु दश हजार प्राप्त गरेको छ भने उपविजेता वाराहीले नगद ५ हजार प्राप्त गरेको छ । छात्रातर्फ उपाधिसँगै पराशर माविले रनिङशिल्ड ट्रफीका साथमा नगद ७ हजार प्राप्त गरेको छ भने उपविजेता वाराहीले नगद ४ हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा राइजिङ प्लेयर छात्रातर्फ सत्यवती माविका गुरास ठकुरी र छात्रतर्फ सत्यवती शुभम घोषित भएका छन् । हाइस्कोरर छात्रातर्फ पराशर माविका सनिषा लामगादे र छात्रतर्फ पराशर माविकै आयुष गुरुङ घोषित भएका छन् ।वेष्ट प्लेयरको उपाधि छात्रातर्फ पराशर माविकी नेहा चन्द ठकुरी र छात्रतर्फ सत्यवतीका अजय श्रेष्ठले प्राप्त गरे । अनुशासित टिमको पुरस्कार माया ऐकेडेमी युनिभर्सले प्राप्त गरेको क्लवले जनाएको छ ।विजेतालाई व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले खेलकुद क्षेत्रकोविकासका लागि लागि वडा कार्यालयले सहयोग गर्दै आएको बताए । बास्केटबल खेलमा युवायुवतीको आकर्षण बढाउने उद्धेश्यले प्रतियोगिता आयोजना गरेको हैरान्स क्लवका अध्यक्ष रविन पौडेलले बताए ।

प्रतियोगितामा छात्रतर्फ सात र छात्रातर्फ तीन विद्यालयको सहभागिता रहेको थियो । छात्रतर्फ सत्यवती मावि, माया एकेडेमी, निर्मल मावि, पराशर कलेज, बाराही आवासीय माध्यमिक विद्यालय, कन्काई ग्लोवल एकेडेमी र व्यास दिव्यज्योति बोर्डिङ स्कूलको सहभागिता रहेको थियो । छात्रातर्फ सत्यवती मावि, पराशर कलेज र बाराही आवासीय माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS