images
images
images

मिनी ट्रकसँग जुध्दा मोटरसाइकल चालकको मृत्यु

images

तनहुँ । तनहुँमा मिनी ट्रकसँग टक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने २६ वर्षीय सफल राना मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार आइतबार राति पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ क ५०१२ नं.को मिनी ट्रक र सोही दिशा तर्फ आउँदै गरेको प्र.३-०२-००९ प ८५३० नं.को मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका मगरलाई उपचारको लागी आबुखैरेनी अस्पताल आँबुखैरेनी तनहुँ पठाएकोमा थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मिनी ट्रक र त्यसका चालक ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको नियन्त्रणमा रहेको खाँणले जानकारी दिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको पनि उनको भनाई छ ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS