आँबुखैरेनी, २४ पौष ।
अल स्टार क्लबको आयोजनामा यहि माघ २० गते देखि २७ गते सम्म दोश्रो आँबुखैरेनी कप-२०८० हुने भएको छ । गोरखकाली रबर उद्योगको खेल मैदानमा हुन गईरहेको दोश्रो आँबुखैरेनी कप-२०८० फुटबल प्रतियोगिताको बिजेताले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपबिजेताले नगद १ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता सफलतापुर्वक सम्पन्न गर्नका लागि आवश्यक तयारी बारे क्लबका पदाधिकारी लगाएतको उपस्थितिमा आँबुखैरेनी-३ स्थित चौतारा रेस्टुरेन्टमा आज मंगलबार बैठक बसेको छ । क्लबका उपाध्यक्ष सुशील पाण्डेको अध्यक्षतामा बसेको बैठकमा प्रतियोगिता संचालनका लागि आवश्यक तयारी, खेल मैदान मर्मत, आर्थिक व्यवस्थापन, टिम दर्ता, प्रचार प्रसार लगाएत अन्य महत्त्वपूर्ण विषयमा छलफल भएको क्लबले जनाएको छ ।
















