images
images
images

बन्दीपुर केबलकारको परीक्षण कार्य अन्तिम चरणमा

images

तनहुँ २२ पुस, बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकारको अन्तिम चरणको परीक्षण कार्य निरन्तर चलिरहेको छ । केबलकार परीक्षण अन्र्तगत मुख्य क्याबिनहरु घुमाउँदै,लोड लिदै क्याबिनलाई दैनिक गुडाउने कार्य भैरहेको हो ।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबुलकार निर्माण गरिएको छ । कहाँ कस्तो समस्या आउँछ भनेर पुस र माघको पहिलो सातासम्म हेर्ने कार्य रहेको बन्दीपुर केबुलकार एन्ड टुरिजमका इन्जिनियर प्रताप उपाध्यायले जानकारी दिए । केबुलकार सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय अनुमतिपत्र लिने तयारीमा छौ,उनले भने,‘केबलकारको तर्फबाट अनुमतिपत्र लिएर कर्मशियल रुपमा संचालन गर्ने योजनामा रहेका छौ ।’‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ ।
होटल र केबलकार निर्माण कार्य सबै पूरा भैसकेको छ । टावरभित्र व्यवस्थापन तथा कोठाहरु मिलाउने र सभा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको बन्दीपुर केबुलकार एन्ड टुरिजमका डाइरेक्टर इन्जिनियर हरिदत्त पौडेलले जानकारी दिए ।

त्यसैगरी केबुलकारतर्फ पटक पटक परीक्षण गरिसकिएको र कुनै कुनै टावरमा सामान्य सुधार गर्नुपर्ने भएकाले अन्तिम कार्यको लागि परीक्षण भइरहेको उनले बताए ।केबुलकारको २१ डिब्बामा यात्रु बोक्ने, छ वटामा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ वटा डिब्बा हुनेछन् । एक डिब्बामा आठजनासम्म यात्रुको क्षमता हुनेछ ।
केबुलकार र पाँचतारे होटल गरी कूल रु।तीन अरब ५८ करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको बन्दीपुर केबुलकार एन्ड टुरिजमका अध्यक्ष रामचन्द्र शर्माले बताए ।बन्दीपुरमा ठूलो संख्यामा आउने पर्यटकलाई लक्षित गर्दै केबुलकार, रेस्ट्रोकार र तारेस्तरसम्मको होटल निर्माण गरिएको अध्यक्ष शर्माले बताए ।पृथ्वी राजमार्गमा रहेको तल्लो स्टेसनबाट बन्दीपुरमा निर्माण गरिएको सत्र तल्लो होटलभित्रै केबुलकार पुगेर टुङ्गिनेछ । बैशाख महिनादेखि होटल र केबलकार संचालनमा ल्याउने तयारी समेत गरिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS