images
images
images

व्यासमा कुहिने फोहोर ४२ प्रतिशत,भतेरी बायोग्याँस प्लान्टमा खपत

images

तनहुँ १६ पुस ,व्यास नगरपालिका कार्यालयले बजारबाट निस्कने फोहोरलाई बायोग्याँस प्लान्टमा प्रयोग गरी खपत गर्दै आएको छ । व्यास नगरपालिका–१० भतेरी स्थित गौ संरक्षण केन्द्र परिसरमा निर्माण गरिएको दश घनामिटर क्षमताको बायोग्याँस प्लान्टमा प्रयोग गरी मल उत्पादन गरेको हो ।
बायोग्याँस प्लान्टबाट उत्पादन हुने विद्युत सोही गौ संरक्षण केन्द्रमा र आसपास क्षेत्रमा प्रयोग गरिएको छ ।
नगरपालिका क्षेत्रबाट दैनिक निस्कने पन्ध्र टन फोहोरमध्ये ४२ प्रतिशत कुहिने फोहोर हुने गरेको व्यास नगरपालिका कार्यालयका सूचना अधिकारी कुमारकञ्चन जिसीले जानकारी दिए ।
उहाँका अनुसार कागज २१ प्रतिशत,लत्ताकपडा १५ प्रतिशत,प्लाष्टिक पुन ः पूयोग गर्न मिल्ने ३ प्रतिशत,प्रयोग गर्न नमिल्ने प्लाष्टिक ४ प्रतिशत,मेटल धातु ४ प्रतिशत,औषधीजन्य लगायतका अन्य १० प्रतिशत र ग्लास,सिसा १ प्रतिशत फोहोर संकलन हुने गरेको छ ।
नगरपालिका कार्यालयले छाडा चौपायलाई व्यवस्थित गर्न विगतका बर्षदेखि नै गौ संरक्षण केन्द्र स्थापना गरेको हो ।
उक्त केन्द्रमा हाल एक सयको हाराहारीमा छाडा चौपाया रहेको भतेरी गौ संरक्षण केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।
प्लान्टबाट निस्किएको मल पशु चौपायाका लागि प्रयोग गरिने घाँस, अन्नबाली र तरकारी खेतीमा प्रयोग गर्दै आइएको उनले बताए ।

फोहोरलाई मोहरमा लैजाने गरी नगरपालिकाले काम गर्न गईरहेको उहाँले बताउनुभयो । जिल्लाकै जेठो व्यास नगरपालिका कार्यालयले फोहोर व्यवस्थापन गर्न नसक्दा टाउँको दुखाईको बिषय बन्ने गरेको छ ।
नगरपालिकामा नकुहिने फोहोर व्यवस्थापनमा चुनौती हुने गरेको छ,उनले भने, ‘व्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठको संयोजकत्वमा गठित सरसफाई व्यवस्थापन समितिले समेत जग्गा खोज्ने कार्यलाई तीब्रता दिदै आएको छ ।’
व्यास नगरपालिकाले दीर्घकालिन रुपमा फोहोर व्यवस्थापनका लागि व्यासका विभिन्न स्थानमा जग्गा तय गरेपनि स्थानीयबासीको बिरोध पश्चात व्यवस्थितस्थल प्राप्त गर्न सकिरहेको छैन् ।
नगरपालिकाले सरसफाई केन्द्र स्थापना गर्नका लागि जग्गा खोज्ने कार्यलाई तीब्रता दिदै आएको छ । व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपाने नै फिल्डमा खटेर जग्गा खोजी कार्यलाई तीब्रता दिदै आएका छन् ।
उक्त समितिको सदस्यमा व्यास नगरपालिका वडा नं ३,४ र १३ का वडाध्यक्ष,डा।राजु पौडेल,इन्जिनियर अमृत केसी,व्यास सरसफाई शाखाका प्रमुख भाग्यशाली ढुङ्गाना,वातावरण समितिका संयोजक रनसिं नेपाली,यज्ञप्रसाद शर्मा,तुलसीराम सापकोटा लगायतका रहनुभएको छ ।
व्यास नगरपालिकाको वडा नं ५,१० र १३ का संम्भावित स्थानमा जग्गा खोजी कार्य भैरहेको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।
दमौलीको बजार क्षेत्रमा रहेका व्यास वडा नं २,३ र ४ मा शतप्रतिशत र वडा नं १ मा ९० प्रतिशत,वडा नं ५ र १० मा २० प्रतिशत फोहोर संकलन गरी व्यवस्थापन गर्दै आएको नगरपालिकाले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS