images
images
images

पोखरामा २२ गतेदेखि पर्वतीय महोत्सव

images

पोखरा । पोखरामा यसवर्ष मङ्सिर २२ देखि पर्वतीय महोत्सव हुने भएको छ । हरेक वर्ष हुने महोत्सव यो वर्ष आठौँ संस्करणको हो । अघिल्ला वर्षहरूमा ३ दिन हुनेमा अहिले ५ दिनको महोत्सव मनाउन लागिएको पर्वतीय संग्राहलयले जनाएको छ ।

डिसेम्बर ११ मा अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइने गरिन्छ । सोही दिन पारेर नेपाल पर्वतारोहण सङ्घले महोत्सव गर्न लागेको हो । यस वर्षको महोत्सवमा बर्डस कन्जरभेसनसँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रदर्शन गर्न लागिएको निर्देशक जिनेश सिन्दुल्करले जानकारी दिए ।

उक्त नाटक ललितपुरको परोपकारी विद्यालय चिल्ड्रेन एन्ड युथ फर्स्टका विद्यार्थीले मञ्चन गर्नेछन् । यस्तै, पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन गरिने छ । पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृत्तचित्र मञ्चन हुने बताइएको छ ।

महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत राखिएको छ । यो वर्ष ‘टग अफ वार’ पहिलो पटक समावेश गरिएको सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS