अन्जनराज न्यौपाने ,
कार्तिक २४ गते, तनहुँ । विश्व हिन्दु महासघ जिल्ला कार्य समिति स्याङ्जाले कार्तिक१६ गतेदेखि २३गते सम्मकालागि श्रीमद्भागवत ज्ञान महायज्ञ समापन गरेको छ। समापन अवधिभरमा कुल ८ लाख ७४ हजार २ सय ४८ रुपैयाँ संकलन गरिएको प्रमुख कथा बाचक पंडित नेत्रप्रसाद पराजुलीले जानकारी दिए।यसैगरि खर्च तर्फ १ लाख ६ लाख,८९ हजार ८ सय ६० रुपैयाँ खर्च भएको १ लाख८४ हजार ३ सय ८८ रुपैयाँ बचत भएको श्रीमद्भागवत ज्ञान महायज्ञ समारोहका महासचिव पदम प्रसाद पाण्डेले खर्च सार्वजनिक कार्यक्रमका बीच जानकारी दिए। विश्व हिन्दु महासघ जिल्ला शाखा स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेको सभापतितवमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियोे ।विश्व हिन्दु महासघ स्याङ्जाले वेदानुयायी प्रतिष्ठान केन्द्रको अक्षयकोष संचालनकालागि १ लाख ५ हजार समेत सहयोग गरेको छ।