images
images
images

जिल्ला प्रहरी कार्यालय तनहुँको सक्रियतामा दमौलीको ट्राफिक व्यवस्थापन बारे छलफल

images

तनहु“, २३ कात्र्तिक ।
लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याविनेट बैठक दमौलीमा हुने भएको छ । आगामी मंसिर ८ र ९ गते दोस्रो क्याविनेट बैठक हुन लागेको हो ।
व्यास ऋषिको जन्मभूमि र पराशर ऋषिको तपोभूमिमा हुन लागेको दोस्रो क्याविनेट बैठकमा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक एल नेपालमा आबद्ध करिब १२ सय लायन्ँसको उपस्थिति रहने लायन्स अन्तराष्टिूय डिष्ट्रिक ३२५ एल नेपालका चिफ पिआर ओ लायन सुरेन्द्र पौडेलले जानकारी दिए । दोस्रो क्याविनेट बैठकका संयोजक समेत रहेका पौडेलका अनुसार लायन्सवादको ५२ बर्षको नेपालको इतिहासमा दोस्रो पटक दमौलीमा क्याविनेट बैठक हुन लागेको हो । लायन्सको नीति अनुसार कुनै पनि कार्यकाल एक वर्षको हुने र उक्त कार्यकालमा चार वटा क्याविनेट बैठक गरिने हुँदा वर्ष २०२३÷२४को दोस्रो क्याविनेट बैठक दमौलीमा गर्न लागिएको हो । यस अघि लायन वर्ष २०१८÷१९ मा गण्डकी प्रदेशका वर्तमान सांसद अशोक कुमार श्रेष्ठ गभर्नर भएको समयमा पहिलो पटक दोस्रो क्याविनेट बैठक दमौलीमा गरिएको पौडेलले जानकारी दिए । तनहुँमा रहेका लायन्स क्लव अफ तनहुँ, लायन्स क्लव अफ तनहुँ व्यास सिटी, लायन्स क्लव अफ तनहुँ भानुभक्त, लायन्स क्लव अफ तनहुँ सत्यवती, लायन्स क्लव अफ तनहुँ दमौली र लायन्स क्लव अफ डुम्रेको संयुक्त आयोजनामा हुन लागेका क्याविनेट बैठकले तनहुँको धार्मिक एवं पर्यटकीय स्थलको प्रचार प्रसारमा समेत टेवा पुग्ने दोस्रो क्याविनेट बैठकका सहसंयोजक एवं लायन्स अन्तराष्टिूय डिष्टिूक ३२५ एल नेपालका डिपार्टमेन्ट चिफ लायन चुडामणी दाहलले जानकारी दिए । जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नाराका साथ अवसरबाट बञ्चितहरु विपन्न वर्गका समुदायलाई सहयोग गर्ने अन्तराष्ट्रिय संंंस्थाको रुपमा परिचित अन्तराष्टिूय डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याविनेट बैठक दमौलीमा हुन लाग्दा सम्पूर्ण लायन्सहरु अत्यन्त उत्साहित भएको अन्तराष्टिूय डिष्ट्रिक ३२५ एल नेपालका सिनियर एर्डभाइजर लायन सुशिला शर्माले बताइन् । शर्माका अनुसार दोस्रो क्याविनेट बैठकको तयारी तिब्र रुपमा भएको छ । विभिन्न उपसमितिहरु गठन गरि जिम्मेबारी बाँडफाँड गरिएको शर्माले बताइन् । लायन्स क्लवहरुले विभिन्न समय र विपद्को अवस्थामा समेत अग्रपंक्तिमा रहेर सेवाका कार्यहरु गर्दै आइरहेको रिजन चियर पर्सन तथा दोस्रो क्याविनेट बैठकका सदस्य सचिव कृष्णहरि गैह्रेले बताए । लायन्सले आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक भवन र विज्ञान प्रयोगशाला तथा २०७२ सालको भूकम्पले क्षति पुगेको व्यास १२ स्थित अमरज्योति माध्यमिक विद्यालयको भवन निर्माण लगायत सामाजिक कार्यमा सहयोग गर्दै आएको गैह्रेले बताए । यस वर्ष पनि लायन्स अन्तराष्टिूय डिष्ट्रिक ३२५ एल नेपालले तनहुँमा दुईवटा मुख्य परियोजना अघि सारेको बताएको छ । क्लवले तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित जिपी स्वासप्रश्वास स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलायसिस सेन्टर सञ्चालनका लागि अमेरिकी डलर १ लाख सहयोगको र आँबुखैरेनी गाँउपालिकामा आँखा उपचार केन्द्र स्थापना गर्नका लागि प्रस्ताव गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS