images
images
images

व्यासमा बाँदर आतंक नियन्त्रणबारे छलफल

images

दमौली ।

व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने बाँदर आतङ्कबाट पीडित तनहुँका किसानहरुसँग भेटघाट गरि छलफल गरेका छन् । नगरप्रमुख न्यौपानेले प्राकृतिक पर्यावरण संरक्षण मञ्चका प्रतिनिधि र किसानहरु सँग बिहिबार नगरपालिकाको हलमा बाँदर आतंक नियन्त्रणबारे छलफल गरेका हुन् । छलफलको क्रममा प्राकृतिक पर्यावरण संरक्षण मञ्चले किसान वर्गको हितमा कानुन बनाउनु पर्ने बताएका छन् ।

बाँदरले गर्दा पेसाबाट विस्थापित हुनु परेको र मानिसलाई आक्रमण गरेर घाइते बनाउने गरेको भन्दै किसानले नगरप्रमुख न्यौपाने समक्ष दुख व्यक्त गरेका थिए । वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले बर्सेनि नाश बनाउने क्रम बढिरहेको भन्दै किसानले पेसा छाड्नुपर्ने अवस्था आएको बताएका छन्। मञ्चका अध्यक्ष सुदर्शन प्रधानले किसानको बालीनाली नष्ट गर्न आउने बाँदरलाई मारेमा कुनै दण्ड सजाय तथा जरिवाना गर्न नहुने बताए । उनले अनुसन्धान तथा कुनै प्रयोजनको लागि विदेशमा लैजाने संस्थाहरुलाई प्रोत्सान गर्नुपर्ने बताए । तनहुँमा मात्रै करिब ६० हजार बाँदर रहेको अनुमान रहेको अध्यक्ष प्रधानले जानकारी दिए । त्यस्तै प्राकृतिक पर्यावरण संरक्षण मञ्च तनहँुका अध्यक्ष लालबहादुर पन्थले बाँदरको कारणले विस्थापित भएका जनताको जग्गा जमिन र घरगोठको यथार्थ मुल्याङकन गरी मुआब्जा उपलब्ध गराउनु पर्ने बताए । बाँदरले वनजङ्गलको बोटबिरुवाका मुना मात्रै नभएर चराचुरुङ्गीका बासस्थानसमेत सखाप पारेको मञ्चले जनाएको छ ।

खेतबारीमा लगाएको अन्नबाली, तरकारी र फलफूल बाँदरले सखाप पारेपछि किसान पीडित भएका छन् । छलफलको क्रममा नगरप्रमुख न्यौपानेले बाँदर आतंकबाट पिडित किसानलाई नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । उनले क्षतिपूर्ति उपलब्ध गराउन नगरपालिकाले सहयोग गर्ने समेत बताए । उनले भने,“बाँदर आतंकको नियन्त्रण गर्न कुनै उपाय नभएकाले तत्कालको लागि किसानको क्षर्तिपूति उपलब्ध गराउनेमा नगरपालिकाले सहयोग गर्ने

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS