तनहुँ,
दमौली अस्पतालमा चार वटा बेवारिसे शव व्यवस्थापन गरिएको छ । जिल्लाको विभिन्न स्थानमा फेला परेका शव शवगृहमा व्यवस्थापन गरेको हो । तीन पुरुष र एक महिलाको शव शवगृहमा राखिएको अस्पतालले जनाएको छ ।
सेती नदी किनारमा फेला परेका तीनमध्ये पुरुष दुई र महिला एक जना रहेका छन् । त्यसैगरी जिल्लाको आँबुखैरेनीबाट एक बेवारिसे पुरुषको शव ल्याइएको छ ।
सडेगलेको अवस्थाको बेवारिसे शव राखिदाँ दुर्गन्ध फैलिन थालेको सर्वसाधारणको गुनासो रहेको छ ।
शवलाई सड्न र गड्नबाट बचाउने दुई वटा मर्चरी मेसिनमध्ये एउटा बिग्रिदाँ शव व्यवस्थापनमा समस्या भएको सो अस्पतालले जनाएको छ ।
एक मर्चरी मेसिनमा दुई वटा शव राख्न सकिने र दुई वटा शव खुला राख्नुपर्दा समस्या आएको दमौली अस्पतालका प्रमुख डा।परिवर्तन बरालले जानकारी दिए । एउटा मेसिन बिग्रिएको छ,उनले भने मेसिन बनाउनका लागि काठमाण्डौंबाट जनशक्ति ल्याएर बनाउनुपर्छ ।
शवको अवस्था हेरी ७२ घण्टादेखि बढीमा एकहप्तासम्म शवगृहमा राख्न सकिने व्यवस्था रहेको छ । शब राखेको ७२ घण्टा नपुगेसम्म शवको पोष्टमार्टम गर्न नमिल्ने भएकाले राख्नुपरेको डा।बरालले जानकारी दिए ।
सडेगलेको बेवारिसे शव राखिदा अस्पताल क्षेत्रमा दुर्गन्ध भएकाले हटाइदिन भन्दै अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई गरिसकेको उनले बताए । ७२ घण्टा पुग्दै गरेकाले एक÷दुई दिनभित्र शव व्यवस्थापन हुने समेत डा।बरालले बताए ।
शब पहिचान हुन सक्ने अवस्थाको भए एक हप्तासम्म राख्न सकिने र सडेगलेको चिन्न नसक्ने अवस्थाको भएमा ७२ घण्टापछि प्रक्रिया पुराएर शव व्यवस्थापनको लागि नगरपालिकालाई जिम्मा लगाइने सो अस्पतालले जनाएको छ ।